पोखरा ३२ कालिका नगर डुबानमा

पानीको निकासका लागि प्रदेश सांसद कोइरालाको पहल

पानीको निकास नहुँदा पोखरा महानगरपालिका वडा नम्बर ३२ स्थित कालिका नगर डुबानमा परेको छ । लगातारको वर्षापछि आएको भलपानी र स्थानिय बिजयपुर बेगनास सिंचाई आयोजनाका लागि बनेको नहरको पानीसमेत मिसिएर कालिका नगरमा जम्मा हुँदा सो क्षेत्र डुबानमा परेको हो ।

कालिका नगर डुवानमा परेको जानकारी प्राप्त गरेको भएपछि उक्त क्षेत्रका प्रदेश सांसद दीपक कोइरालाले निकासको लागि पहल लिनु भएको छ । पानीलेउचित निकास नपाउँदा कालिका नगर क्षेत्र डुबानमा परेको स्थानिय शिवजी लामिछानेको भनाईछ ।

त्यस क्षेत्रका करीब ६० घर डुबानमा परेका छन् । बाढी तथा पहिरो ब्यबस्थापन समितिका संयोजकसमेत रहेका लामिछानेले बिजयपुर बेगनास सिंचाई आयोजनाका लागि बनाएको नहरको पानी डाँडाको नाक प्रहरी चौकीसँगै जोडिएको कल्भर्ट बाटो तल नखोलेर लेखनाथको तालचोक, भण्डारढीकतर्फ पठाईनु, घोतघोतेबाटपनि निकास नदिई कालिका नगरतर्फ मात्र पठाउँदा त्यसको असर कालिका नगरमा देखिएको गुनासो गर्नुभयो । डाँडाकोनाक र घोतघोतेबाट पानी सेती तर्फ नियमित बग्न दिनु पथ्र्यो, तर त्यहाँ बन्द गरेर सबै हाम्रोतिर पठाउँदा हाम्रो क्षेत्र डुबानमा प¥यो,उहाँको भनाई थियो ।

कालिका नगरको पूर्वी क्षेत्रमा उद्योगी हरि पाण्डे,शुन्दरकुमार श्रेष्ठ लगायतले पर्खाल लगाएर निकास नदिदा स्थानियले शास्ती बेहोर्नु परेको बताएका छन् । कालिका नगर क्षेत्र डुबानमा परेपछि त्यहाँको पानीको निकासका लागि गण्डकी प्रदेश सभा सदस्य दीपक कोइरालाले पहल थाल्नु भएको छ।

सांसद कोइरालाले कास्कीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतम, सडक डिभिजन कार्यालय कास्कीका प्रमुख सुनिलबाबु पन्त ,जलश्रोत सिचाई डिभिजन कार्यालयका प्रमुख किरण आचार्य,३२नं वडाका वडाध्यक्ष अक्कल बहादुर कार्की, वडासदस्य लगायतलाई सँगै लगेर सो क्षेत्रको अवलोकन गर्दै निकासका लागि पहलकदमी लिनुभएको हो ।

अवलोकनका क्रममा कोइरालाले प्रजिअ गौतमलगायतलाई डाँडाकोनाक चौकी, घातघोतेलगायतका क्षेत्रबाट तल्लो क्षेत्रमा रोकिएको पानीको निकास खोल्ने, हरि पाण्डेलगायतको क्षेत्रबाट जमिनमा क्षेति नपुग्ने गरि निकास दिन आग्रह गरर्नुभयो । उहाँकोे आग्रहलाई प्रजिअ गौतमलगायतले स्वीकार्दै तत्काल सरोकार वालाहरुसँग समन्वय गरेर पानीको निकास दिने प्रतिबद्धता जनाउनु भएको थियो । महानगर कार्यालयसँगपनि समन्वय हुने बताए । सो अवसरमा सांसद कोइरालाले त्यस क्षेत्रमा वर्षेनी बाढीको समस्या हुने भएकाले यसको दिर्घकालीन समाधानका लागि आवश्यक भूमिका खेल्नेसमेत बताउनु भएको छ ।

Facebook Comments