चितवनका विभिन्न स्थान डुवानमा

बुधबार साँझदेखि परेको मुसलधारे पानीका कारण चितवन जिल्लाका पहाडी क्षेत्रमा पहिरो गएकाे छ भने पुर्वी चितवनकाे रत्ननगर, कालिका तथा राप्ती नगरपालिका तथा भरतपुर महानगपालिकाको विभिन्न स्थानमा डुवान भएकाे छ ।

पानी बग्ने बाटो नहुँदा घर वरिपरि, खेत, बाटोमा पानी जमेको छ । पर्सा नजिकै लदरी खाेलामा बाढी अाउँदा पुल बगेकाे छ भने राजमार्गमा समेत बाढीले क्षति गरेकाे छ ।

भरतपुर ११ को पोखरी चोक, जागृति चोक, एरपोट रोट, क्षेत्रपुरकाे फलफूल तथा तरकारी बजार लगायतका स्थान डुवानमा परेकाे हो । पानीकाे निकास भाैतिक संरचना निर्माणका क्रममा बन्द भएकाले प्रत्येक वर्ष महानगर क्षेत्र डुवानमा पर्ने गरेकाे छ ।

Facebook Comments