आज पनि मुलुकका विभिन्न स्थानमा वर्षाको सम्भावना

भदाैकाे १६ लाग्दा पनि झरी राेकिएकाे छैन । ठाउँठाउँमा वर्षातका कारण पहिराे गएकाे छ । कतिपय राजमार्गमा पहिराेले दिनहुँजसाे अवरूद्ध हुने गरेकाे छ ।

मौसम पूर्वानुमान महाशाखाले आज बुधबार पनि मुलुकभर वर्षाको सम्भावना रहेकाे जनाएकाे छ । महाशाखाका अनुसार मनसुनी वायुको प्रभावका कारण बिहान प्रदेश १, बागमती, गण्डकी र कर्णालीमा पानी परेको छ ।

दिउँसो मुलुकका धेरैजसो स्थानमा पानी पर्ने सभावना छ भने राति प्रदेश १ का केही स्थानमा ठूलो वर्षाको सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ ।   

बिहीबार राति प्रदेश १, बागमती र गण्डकीका एक/दुई स्थानमा ठूलो वर्षाको सम्भावना रहेको महाशाखाले जारी गरेकाे माैसम पूर्वानुममानमा उल्लेख छ।

महाशाखाले जारी गरेकाे मौसम पूर्वानुमान बुलेटिन (Weather Forecast Bulletin)

जारी मिति:२०७८–०५–१६  बिहान ६:०० बजे

मौसम विश्लेषण (Meteorological Analysis)

हाल नेपालमा मनसुनी वायुको प्रभाव रहेको छ।

हाल मौसमको अवस्था (Present Weather Status)

हाल देशभर सामान्य  बदली  रहि प्रदेश नं १ र बागमती प्रदेशका थोरै तथा गण्डकी प्रदेश  कर्णाली  प्रदेश र  सुदुरपश्चिम प्रदेशका एक दुइ  स्थानहरूमा  वर्षा  भइरहेको छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

२०७८ भाद्र १६ गते ( बुधबार)

दिउँसो: देशभर सामान्य बदली रही केहि स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

राती: देशभर सामान्य बदली रही केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।प्रदेश नं १ का एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ।

२०७८ भाद्र १७ गते ( बिहिबार)

दिउँसो: देशभर सामान्य बदली रही केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

राती: देशभर सामान्य देखि पूर्ण बदली रही केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ।

२०७८ भाद्र १८ गते ( शुक्रबार)

दिउँसो: देशभर सामान्य बदली रही केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश नं १ र गण्डकी प्रदेशका  एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ।

राती: देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । प्रदेश न १, प्रदेश न २, वागमती प्रदेश र गण्डकी प्रदेशका केहि स्थानहरु तथा लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदुर पश्चिम प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hours)

देशको केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना  साथै  प्रदेश नं १ का एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेकोले पहाडी भू-भागमा भू-क्षय, पहिरो तथा गेग्रान बहाव (debris flow) को जोखिम रहेको हुनाले नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकोले सामान्य सतर्कता अपनाउनु हुन अनुरोध छ।

Facebook Comments