१७औं संस्करणका लेखनाथ महोत्सव माघमा हुने
लेखनाथ महोत्सवको १७औं संस्करण आगामी माघमा हुने भएकाे छ । माघको १३ देखि २४ गतेसम्म लेखनाथमा मेला आयोजना हुने संघका अध्यक्ष छत्रधर आत्रेयले जानकारी दिनुभयाे । लेखनाथ उद्योग वाणिज्य संघको हालै सम्पन्न बैठकले मेला सफल पार्न अध्यक्ष आत्रेयको संयोजकत्वमा मूल आयोजक समिति गठन गरेको छ ।
मेलाको तयारी सुरु भएको अध्यक्ष आत्रेयले जानकारी दिनुभयाे । गत वर्ष कोरोना महामारीका कारण मेला नभएकाे तर यसपटक स्वास्थ्य मापदण्डलाई ख्याल गर्दै मेला आयोजना गर्न लागिएको अध्यक्ष आत्रेयले उल्लेख गर्नुभयाे । मेलाका सहसंयोजकहरुमा उपाध्यक्षहरु विनोद श्रेष्ठ, राजेन्द्र ओझा र गोपिचन्द्र बास्तोला रहेका छन् ।
निर्देशक समितिमा पूर्व अध्यक्ष तथा सल्लाहकारहरु, कार्यसम्पादन समितिमा कार्यसमितिका पदाधिकारी तथा सदस्यहरु रहेका छन् । मेलामा ३ सय भन्दा बढी स्टल रहने महासचिव उपेन्द्रराज सुवेदी (राजु)ले जानकारी दिनुभयाे ।
लेखनाथ उद्योग वाणिज्य संघले आयोजना गर्ने मेला अन्य मेला महोत्सव भन्दा पृथक खालको हुने अध्यक्ष आत्रेयकाे दावी छ ।

