थप ५ हजार ३ सय १६ मा काेराेना संक्रमण

 नेपालमा पछिल्लो २४ घण्टामा ५३१६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लाे २४ घण्टामा १ सय १ जनाको मृत्यु भएको छ भने संख्या ७ हजार २ सय १९ संक्रमणमुक्त भएका छन् ।

मन्त्रालयले १३ हजार ८०५ पीसीआर परीक्षणमा ४ हजार ५२४ र ३०७३ एन्टिजेन परीक्षणमा ७९२ जना गरी ५ हजार ३१६ जनामा संक्रमण पुष्टि भएको जानकारी दिएकाे हो ।

पछिल्लाे रिपाेर्ट अनुसार सबैभन्दा धेरै काठमाडौंमा ९६९, ललितपुरमा ३०६, मोरङमा ३०४, झापामा २७१, कास्कीमा २४३, भक्तपुर १ सय ८१ र सिन्धुपाल्चोकमा १ सय ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लाे २४ घण्टामा १० वर्ष मुनिका १ सय २७ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका ३ सय ६९ जनामा कोरोना संक्रमण देखिएको मन्त्रालयले जानकारी दिएकाे छ ।

Facebook Comments