स्वास्थ्यकर्मी र कर्मचारीलाई जाेखिम भत्ता

सरकारले कोरोना संक्रमितको उपचार र सेवामा खटिने स्वास्थ्यकर्मी तथा कर्मचारीलाई तलब मानको थप ५० प्रतिशत जोखिम भत्ता दिने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार देशवासीको नाममा गरेको सम्बोधनका क्रममा भत्ता दिने घाेषणा गर्नुभएकाे हाे ।

उहाँले काेभिड उपचारमा खटिने स्वास्थ्यकर्मी तथा कर्मचारीको परिवारको उपचार र बीमाको व्यवस्था गरिने जानकारी दिनुभयाे । यस्तै स्वास्थ्य जनशक्तिको अभाव हुन नदिन अवकाश प्राप्त स्वास्थ्यकर्मीलाई १ वर्षमा करारमा भर्ना गर्ने सरकारकाे याेजना छ ।

Facebook Comments