कक्षा १२ काे परीक्षा सञ्चालन साउन तेस्राे साता गर्न प्रस्ताव
राष्ट्रिय परीक्षा बोर्डले साउनभित्र कक्षा १२ को परीक्षा सञ्चालनका लागि प्रस्ताव गरेकाे छ ।
जसका लागि बाेर्डले गर्न शिक्षा मन्त्रालयसँग अनुमति मागेको छ । बोर्डका अध्यक्ष प्रा. डा. चन्द्रमणि पौडेलले साउनको तेस्रो अथवा चौथो हप्तामा परीक्षा सञ्चालनका लागि अनुमति मागेको उल्लेख गर्नुभयाे ।
कोरोना संक्रमणका कारण बैशाखमा हुनुपर्ने परीक्षा अहिलेसम्म हुन नसकेकाे हाे । अहिले काराेना संक्रमण दर कम हुँदै जान थालेपछि परीक्षा सञ्चालन गर्न सकिने बोर्डले जनाएको छ ।
गतसाल भने विद्यालयकै मुल्याकंनका अाधारमा परीक्षाफल निकालिएकाे थियाे ।
Facebook Comments

