पूर्ण समानुपातिक समावेशी सहभागिताका लागि जोड गर्नुपर्छः शिक्षामन्त्री पाैडेल

नेकपा माओवादी केन्द्रका नेता एवं शिक्षा विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले अहिले भएका परिवर्तन माओवादी आन्दोलनका कारणले सम्भव भएको बताउनुभएको छ ।

संघीयता, धर्मनिरपेक्षता, समावेशी समानुपातिक लगायतका एजेण्डा माओवादी आन्दोलनको जगमा स्थापित भएकाले अव हुने निर्वाचनमा सोही एजेण्डा लिएर जानुपर्ने नेता पौडेलको भनाई रहेको छ ।

काठमाण्डौंमा नुवाकोट काठमाण्डौं सम्पर्क समन्वय समितिको सातौं अधिवेशनलाई सम्बोधन गर्दै मन्त्री पौडेलले यस्तो बताउनुभएको हो ।

उहाँले अहिले उत्पीडित जाति क्षेत्र, महिला लगायतले राज्यका निकायमा भएको सहभागिता माओवादी आन्दोलनको बलमा सम्भव भएको र आगामि दिनमा पूर्ण समानुपातिक समावेशी सहभागिताका लागि जोड गर्नुपर्ने बनाउनुभयो ।

अधिवेशनमा माओवादी केन्द्रकी नेतृ एवं नुवाकोट जिल्ला इञ्चार्ज विमला सुवेदी, माओवादी केन्द्रका केन्द्रीय अुनशासन आयोगका सदस्य श्रीकृष्ण अधिकारी लगायतले माओवादी आन्दोलनले स्थापित गरेका एजेण्डा लिएर जनता माझ जानुपर्ने बताउनुभयो ।

अधिवेशनले गाउँपालिका कमिटी सरहको मान्यता पाउने कमिटीमा नयाँ नेतृत्व चयन गर्ने बताइएको छ ।

Facebook Comments