थप २ सय ३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि
नेपालमा थप २३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका दिएकाे जानकारी अनुसार शनिबार २३८ जना संक्रमित थपिएका हुन्।
पछिल्लो २४ घण्टामा ६ हजार ७ सय ९७ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन् ।
५ हजार २ सय ९५ जनाको पिसिआर परीक्षण र १ हजार ५ सय २ जनाको एन्टिजेन परीक्षण गरिएको थियो । मम्त्रालयले नेपालमा हाल ६ हजार ७ सय ४४ जना सक्रिय संक्रमित रहेकाे जनाएकाे छ । शनिबार मात्रै ३सय ९२ जना निको भएर घर फर्केका छन् । मन्त्रालयले कोरोनाबाट निको हुनेको दर ९७.८ प्रतिशत रहेकाे जानकारी दिएकाे छ।
Facebook Comments

