सुन तस्करी प्रकरणमा ८ जना दाेषी ठहर

२०७४ माघमा भएकाे साढे ३३ किलो सुन तस्करी प्रकरणमा ८ जना दाेषी ठहर भएका छन् । सुन तस्करीका क्रममा भरिया सनम शाक्यको हत्यामा संलग्न ८ जनालाई अदालतले दोषी ठहर गरेकाे हाे ।

साे प्रकरणमा जाेडिएका प्रहरी सहित ४८ जनाले सफाइ  पाएका छन् ।

हत्यामा जन्मकैद पाउनेमा गोरे भनिने चुडामणि उप्रेती, टेकराज मल्ल ठकुरी, लाक्पा शेर्पा, मोहन काफ्ले नरेन्द्र कार्की र भोजराज भण्डारी छन् । थप दुई जनालाई तीन वर्ष र ६ महीना कैद सजाय सुनाइएको छ ।

अदालतले अपहरण तथा शरीर बन्धकमा गोरेलाई दाेषी ठहर गरेकाे छ । फरार रहेका २१ जनाको मुद्दा मुल्तबीमा राखिएको छ ।

Facebook Comments