सबै परीक्षा स्थगित गर्न स्वास्थ्य मन्त्रालयकाे सिफारिस

स्वास्थ्य मन्त्रालयले निकट भविष्यका सबै परीक्षा स्थगित गर्न सिफारिस गरेको छ।

पछिल्ला दिनमा काेराेेना भाइरसकाे संक्रमण बढिरहेकाले ताेकिएका सबै परीक्षा स्थगित गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ संकट व्यवस्थापन केन्द्रलाई यस्तो सिफारिस गरेको हो।

स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले संक्रमण फैलँदै गएको अवस्थामा ४ लाख विद्यार्थीको जीवनरक्षाप्रति संवेदनशील हुनुपर्ने भएकाले परीक्षा स्थगनका लागि सिफारिस गरिएको जानकारी दिनुभयाे। 

कक्षा १२ को परीक्षा साउन ३१ देखि सञ्चालन गर्न परीक्षा तालिका सार्वजनिक भइसकेको छ। त्यस्तै त्रिभुवन विश्वविद्यालयले पनि पूर्वनिर्धारित परीक्षा संचालन हुने बताउँदै अाएकाे छ ।

यसैगरी कोभिड संक्रमण बढ्दै गइरहेको बेला हाल सञ्चालन भइरहेको परीक्षा स्थगित गर्न दबाव बढेकाे छ ।

Facebook Comments