पछिल्लाे २४ घण्टामा ३ हजार ७२९ संक्रमित थपिए
नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ७ सय २९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थय तथा जनसंख्या मन्त्रालयले जनाए अनुसार ९ हजार ४ सय ९३ पीसीआर परीक्षण गर्दा २ हजार ४३० जना र ६ हजार १८२ एन्टिजेन परीक्षण गर्दा १ हजार २ सय ९९ गरी ३ हजार ७२९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हाे ।
मन्त्रालयका अनुसार याे अवधिमा कोरोना संक्रमणबाट २५ जनाको मृत्यु भएको छ भने १ हजार ८ सय ८५ जना संक्रमणमुक्त भएका छन् ।
शुक्रबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख १० हजार ५ सय ९ पुगेको छ । योसँगै नेपाल मृत्यु हुनेको संख्या १० हजार १९ पुगेको छ भने ६ लाख ६५ हजार ५ सय ४८ जना संक्रमणमुक्त भएका छन् ।
मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ३४ हजार ९ सय ४२ जना रहेका छन् । कोरोना संक्रमितमध्ये गम्भीर अबस्थाका ७ सय ३२ जना जना आईसीयू र १५८ जना भेन्टिलेटरमा उपचार गराइरहेका छन् ।
पछिल्ला दिनमा संक्रमण दर बढिरहेकाे छ ।

