भदाै ३ देखि सत्याग्रह थाल्ने डा.गाेविन्द केसीकाे घाेषणा

फाइल फाेटाे

सरकार समक्ष ५ बुँदे माग प्रस्तुत

चिकित्सा शिक्षा सुधार अभियन्ता वरिष्ठ चिकित्सक गोविन्द केसीले भदाै ३ देखि पुनः सत्याग्रहको थाल्ने घोषणा गर्नुभएकाे छ ।

डा.केसीले विभिन्न पाँच बुँदे माग राख्दै केसीले भदौ ३ गतेदेखि सत्याग्रह थाल्ने घोषणा गर्नुभएकाे हाे ।

केसीले शुक्रबार विज्ञप्ति जारी गरी आफ्ना माग पूरा गर्न सरकारलाई ध्यानाकर्षण गराउनुभएकाे छ। माग पूरा नभए सत्याग्रह थाल्ने केसीकाे चेतावनी छ ।  

केसीका मागमा स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठलाई पदमुक्त गर्नुपर्ने, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका चार शीर्ष पदाधिकारीलाई पदमुक्त गर्नुपर्ने, चिकित्सा शिक्षा आयोगका पदाधिकारीलाई धम्क्याउने, नाजायज हस्तक्षेप गर्ने व्यक्तिलाई कारबाही गर्नुपर्ने तथा चिकित्सा क्षेत्रमा गैरनाफामुलक नीति सुनिश्चित गर्नुपर्ने उल्लेख छ ।

केसीले विगतमा पनि पटक पटक सत्याग्रह गर्नुभएकाे थियाे । केसीसँग सरकारले विभिन्न समयमा सम्झाैता गरेपनि ती सम्झाैता कार्यान्वयन भने भएका छैनन् ।

Facebook Comments