थप ४ हजार ४७२ मा काेराेना संक्रमण
नेपालमा कोरोनाभाइरस (कोभिड- १९) का ४ हजार ४ सय ७२ संक्रमित फेला परेका छन् ।
एन्टीजेन र पीसीआर गरी १७ हजार ९०३ नमूना परीक्षणमा पीसीआतर्फ ३ हजार ३ सय ७० र एन्टीजेनतर्फ १ हजार १ सय २ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यससँगै सक्रिय संक्रमितको संख्या ८५ हजार ५ सय ४४ पुगेको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९२ जनाको मृत्यु भएको छ । मृतकको कूल संख्या ७ हजार ९ सय ९० पुगेको छ ।
२४ घण्टाको अवधिमा ६ हजार ९ सय ५१ जना निको भएका छन् ।
Facebook Comments

