नेपालमा थप २ हजा९७९ कोरोना संक्रमण पुष्टि

नेपालमा पछिल्लाे २४ घण्टामा थप २ हजार नाै सय ७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले बुधबाट आयोजित प्रेस ब्रिफिङमा पिसिआर विधिबाट गरिएको परीक्षणमा दुई हजार ७७ र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा नाै सय दुईजनामा संक्रमण देखिएको जानकारी दिनुभएकाे हाे । 

पौडेलका अनुसार पछिल्लोपटक सात हजार आठ सय ३५ जनाको पिसिआर र चार हजार ६३ जनाको एन्टिजेन परीक्षण भएको छ । यो अवधिमा एक हजार तीन सय ३३ जना संक्रमणमुक्त भएका छन् भने २८ जनाको मृत्यु भएको छ ।


हालसम्म ६ लाख ९० हजार नाै सय ७४ जना संक्रमति भएका छन् । जसमध्ये ६ लाख १४ हजार तीन सय २७ संक्रमणमुक्त भएका छन् । नेपालमा हालसम्म ९ हजार दुई सय ९१ जनाको मृत्यु भएको छ । 

Facebook Comments