प्रहरीद्वारा लागू औषधसहित तामाङ प्रक्राउ
कास्की प्रहरीले एक लागू औषध कारोबारीलाइ पक्राउ गरेकाे छ । कास्कीमा लागू औषध कारोबार भइरहेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय शिसुवा कास्कीबाट खटिएको प्रहरी टोलीले माेहन तामाङलाइ लागू औषध सहित पक्राउ गरेकाे हाे ।
कास्की पोखरा महागनरपालिका वडा नं.२७ रिठेपानी भञ्ज्याङ स्थित सवारी साधन चेक जाँच गर्दा जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं.२७ रिठेपानी बस्ने वर्ष ३१ को मोहन तामाङको साथबाट लागू औषध डाईजापाम -४५ एम्पुल, फेनेरागन-४५ एम्पुल, नुर्फिनुर-४५ एम्पुल गरी जम्मा १३५ एम्पुल र मोबाईल १ थान सहित फेला पारी निजलाई लागू औषध सम्बन्धी मुद्दामा सम्मानित कास्की जिल्ला अदालतबाट दिन बाह्र (१२) म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाइएको पनि कास्की प्रहरीले जनाएकाे छ ।
Facebook Comments

