विश्वभर १७ करोड ४४ लाख बढीमा कोरोना संक्रमण, ३७ लाख ५३ हजार ५२५को मृत्यु
विश्वभर हालसम्म १७ करोड ४४ लाख २९ हजार ४ सय २६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ । त्यस्तै हालसम्म ३७ लाख ५३ हजार ५ सय २५ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको छ ।
हालसम्म १५ करोड ७९ लाख ८३ हजार २ सय ३६ जना निको भएका छन् भने ८६ हजार ३ सय ८४ जनाको गम्भीर अवस्थामा उपचार भइरहेको वल्र्डोमिटरको तथ्यांकमा उल्लेख छ ।
अहिले विश्वरभर १ करोड २६ लाख ९२ हजार ६ सय ६५ जना संक्रिय संक्रमित रहेका छन् । यस भाइरसका कारण अमेरिकामा सबैभन्दा धेरै ३ करोड ४२ लाख २७ हजार २ सय ३७ जनामा संक्रमण पुष्टी भएकोमा ६ लाख १२ हजार ७ सय १ जनाको मृत्यु भएको छ ।
त्यस्तै भारतमा २ करोड ८९ लाख ९६ हजार ९ सय ४९ जना संक्रमितमध्ये ३ लाख ५१ हजार ३ सय ४४ जनाको मृत्यु भएको छ ।
त्यस्तै ब्राजिलमा १ करोड ६९ लाख ८५ हजार ८ सय १२ जना संक्रमित मध्ये ४ लाख ७४ हजार ६ सय १३ जनाको मृत्यु भएको छ ।
फ्रान्स, टर्की, रसियामा ५० लाख बढी संक्रमित भेटिएका छन् भने बेलायत र इटालीमा ४० लाख नाघेको छ ।
पछिल्ला दिनमा भारतमा कोरोना भाइरसको संक्रमण अन्य मुलुकको तुलनामा तीव्र रुपमा फैलिरहेको छ ।
वैज्ञानिकहरुले कोरोनाको तेस्रो लहर आउनसक्ने र बालबालिका जोखिममा रहन पुग्ने बताएका छन् ।


