लागूऔषध फेला परेकाे कास्की प्रहरी भनाइ

कास्की प्रहरी टाेलीले लागूऔषध फेला पारेकाे छ ।

वडा प्रहरी कार्यालय गगनगौडा कास्कीबाट खटिएको प्रहरी टोलीले जिल्ला कास्की पोखराम.न.पा. वडा न.-३२ मजुवा स्थित पृथ्वीराजमार्ग सडक खण्डमा रहेको कास्की जिल्ला प्रवेशद्वार नजिकै झाडीमा जेब्रा झोला फेलापारी चेकजाँच गर्दा जेब्रा झोला भित्र लुकाई छिपाई राखेको लागू औषध फेला पारेकाे हाे ।

लागू औषध बुर्फिनुर्फिन- ७५ एम्पुल, फेनेरागन- ७५ एम्पुल, डाईजेपाम- ७५ एम्पुल,NITRAVET-10 लेखिएको ट्याब्लेट- २२५ चक्की,Spasmo-Proxyvon plus लेखिएको- ४०० क्याप्सुलसहित फेला पारेको हुँदा बरामद गरी सम्मानित कास्की जिल्ला अदालतबाट दिन पाँच (५) म्याद थप अनुमति लिई अनुसन्धानप्रकृया अगाडी बढाएको प्रहरीले जनाएकाे छ ।

Facebook Comments