महन्थ ठाकुर जसपाकाे साधरण सदस्य !

जनता समाजवादी पार्टी (जसपा)काे प्रथम अध्यक्ष दावी गर्ने महन्थ ठाकुरसहित १६ जनालाई केन्द्रीय कार्यकारिणी समिति सदस्य साधरण सदस्य बन्नुपरेकाे छ । जसपाले ठाकुर लगायत १६ जना लाइ हटाएकाे हाे ।

जसका कारण ठाकुरको जसपा अध्यक्ष पद पनि गएको छ ।

जसपाको दुई समूहको विवादमा निर्वाचन आयोगले ११ साउनमा उपेन्द्र यादव पक्षलाई आधिकारिकता दिएको थियो । यादव पक्षले हालै ३५ सदस्यीय कार्यकारिणी समितिको नाम निर्वाचन आयोगमा पठाएको छ ।

महन्थ ठाकुर लगायतका नेताहरू देस दाैडाहामा लागेका छन् ।

Facebook Comments