कौरा संरक्षण पत्रकारिता पुरस्कार एमबी आस्था मगरलाई
नेपाल मगर पत्रकार संघ, कास्कीले प्रदान गर्दै आएको “राष्ट्रिय मौलिक कौरा संरक्षण पत्रकारिता पुरस्कार–२०७८”बाट यस वर्ष कास्कीका पत्रकार एमबी आस्था मगरलाई पुरस्कृत गरिने भएको छ ।
राष्ट्रिय मौलिक कौरा संरक्षण समिति, नेपालले स्थापना गरेको सो पुरस्कारबाट एबीसी न्यूज टेलिभिजनका गण्डकी प्रदेश ब्यूरो प्रमुख मगरलाई पुरस्कृत गरिन लागेको संघका अध्यक्ष रूद्रबहादुर हितानमगरले जानकारी दिनुभयो ।
पुरस्कारको राशि १० हजार रुपैयाँ नगद र ताम्रपत्र रहेको छ ।पुरस्कारका लागि गठित प्रतिभा छनौट समितिले सिफारिस गरे अनुसार मगर पत्रकार संघ, कास्कीको शनिबार सम्पन्न बैठकले पत्रकार मगरको नाम सर्वसम्मत अनुमोदन गरेको हो ।
संघका केन्द्रीय उपमहासचिव रूद्रबहादुर श्रीसमगरको संयोजकत्वमा गठित छनौट समितिमा हर्क आलेमगर, तारामाया थापामगर, नरमाया आलेमगर र रूद्रबहादुर हितानमगर रहनुभएको थियो ।
मगर जातिको मौलिक संस्कृतिको रुपमा रहेको कौरा नाचको उत्थान र प्रवद्र्धन पत्रकारितामार्फत् योगदान पु¥याउने एक जना मगर पत्रकारलाई हरेक वर्ष यस पुरस्कारबाट सम्मान गरिँदै आएको छ ।

