थप १ हजार २३७ जनामा कोरोना संक्रमण पुष्टि

पछिल्लाे २४ घण्टामा देशभर १ हजार २३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

योसँगै नेपालमा पीसीआर परीक्षणमा कोरोना देखिनेको संख्या ६ लाख ५५ हजार ४४९ पुगेको छ । स्वासथ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लाे २४ घण्टामा १ हजार ५३३ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै कोरोना संक्रमण भइ निको हुनेको संख्या ६ लाख १९ हजार ८९४ पुगेको छ ।

मन्त्रालयले दिएको जानकारी अनुसार देशभर गरी थप २० जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९ हजार ३८२ पुगेको छ ।

हाल मुलुकभर सक्रिय संक्रमितकाे संख्या २६ हजार १ सय ७३ रहेकाे छ । जसमध्ये गम्भीर अवस्थाका ३०४ जनाकाे उपचार विभिन्न अस्पतालहरूमा भइरहेकाे छ ।

Facebook Comments