७सय ८५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

नेपालमा पछिल्लो २४ घण्टामा ७८५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार २ सय ३३ पीसीआर परीक्षण गर्दा ६६३ जना र ४ हजार ९६२ एन्टिजेन परीक्षण गर्दा १२२ गरी ७८५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हाे ।

मन्त्रालयले पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १२ जनाको मृत्यु भएको छ भने ८ सय ८८ जना निको भएकाे जनाएकाे छ ।

याेसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ८ लाख २ हजार ८६१ पुगेको छ । त्यस्तै नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार २४३ पुगेको छ भने ७ लाख ७६ हजार ८३१ जना संक्रमणमुक्त भएका छन् ।

Facebook Comments