थप २ हजार ३७०मा कोरोना भाइरस संक्रमण पुष्टि
पछिल्लो २४ घण्टामा २ हजार ३७० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार ६ सय ८९ पीसीआर परीक्षणमा १ हजार ६ सय ९० जना र ३ हजार ८ सय ९५ एन्टिजेन परीक्षण गर्दा ६ सय ८० गरी २ हजार ३ सय ७० जनामा कोरोना भाइरस संक्रमण देखिएको जनाएको छ ।
यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १८ जनाको मृत्यु भएको छ भने थप १ हजार १३३ जना निको भएका छन् । मन्त्रालयका अनुसार हाल देशभर २६ हजार ७१२ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् । जसमध्ये २३ हजार ९४७ जना होम आइसोलेसनमा रहेका छन् भने २ हजार ७६५ संस्थागत आइसोलेसनमा रहेका छन् ।
कोरोनाका बिरामीमध्ये ५४९ जनाको आईसीयू र १६३ जनाको भेन्टिलेटरमा उपचार भइरहेको पनि मन्त्रालयले जनाएकाे छ ।
Facebook Comments

