पत्रकार पाैडेलकाे काेराेना संक्रमणबाट निधन
पाेखरा कार्यक्षेत्र बनाएर क्रियाशील जग्गनाथ पौडेल (गणेश)को कारोना संक्रमणका कारण निधन भएकाे छ । पाैडेलकाे उपचारकाे क्रममा पाेखराकाे गण्डकी मेडिकल कलेजमा निधन भएकाे हाे ।
वैशाख १८ गते कोरोना संक्रमण देखिएपछि लगत्तै साे उपचाररत रहेका पत्रकार ३८ बर्षीय पौडेलको उपचारको क्रममा बिहीबार बिहान निधन भएको हो ।
पोखरास्थित गण्डकी मिडियाको स्थापनाकालदेखि उक्त सञ्चार गृहमा प्राविधिकका रूपमा संलग्न पौडेल पछिल्लो समय भने ब्यवस्थापनमा समेत संलग्न रहेकै अवस्थामा निधन भएकाे हाे । गण्डकी टेलिभिजनमा कार्यरत पाैडेलकाे श्रीमती र २ छाेरा छन् ।
नेपाल पत्रकार महासंघले जनाए अनुसार कोरोनाकै कारण हालसम्म १२ जना पत्रकारको निधन भएको छ भने ७ सय ५० भन्दा बढी पत्रकार संक्रमित भएका छन् ।
Facebook Comments

