नेपालमा थप २ हजार ३ सय ९८ संक्रमित

नेपालमा पछिल्लाे २४ घण्टामा कोरोना भाइरस (कोभिड १९) का २ हजार ३ सय ९८ संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर र एन्टीजेन विधिबाट गरिएको ११ हजार १२ परीक्षणमा उक्त संख्यामा संक्रमित थपिएको जनाएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १२ जनाको मृत्यु भएको छ । यससँगै मृतकको संख्या ९ हजार ४ सय १२ पुगेको छ ।

पछिल्लो तथ्या‌ंकअनुसार २ हजार ७८ जना संक्रमण मुक्त भएका छन् । संक्रमण मुक्त हुनेको संख्या कुल संक्रमितको ९४ दशमलव ६ प्रतिशत छ ।

Facebook Comments