कांग्रेस नेता गच्छदार बालुवाटार जग्गा प्रकरणमा १० लाख धरौटीमा १० रिहा
बालुवाटार जग्गा प्रकरणमा विशेष अदालतले कांग्रेस नेता एवं पूर्वमन्त्री विजयकुमार गच्छदारलाई १० लाख धरौटीमा छाडेकाे छ ।
प्रधानमन्त्री निवास बालुवाटार वरिपरिको सरकारी जग्गा व्यक्तिको नाममा पुर्याउने अभियोगमा गच्छदार विरूद्ध विशेष अदालतमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले मुद्दा दर्ता गरेकाे थियाे ।
बालुवाटार जग्गा प्रकरणमा गच्छदार मन्त्री हुँदा ९ करोड ६५ लाख ७६ हजार भ्रष्टाचार गरेको अभियोग लगाउँदै डेढ वर्षअघि गच्छदार विरूद्ध विशेष अदालतमा दायर मुद्दामा बुधबार मात्रै उहाँ अदालतमा उपस्थित हुनुभएकाे थियाे । दायर गरेको थियो।
सोही मुद्दामा गच्छदारलाई अदालतका अध्यक्ष न्यायाधीश प्रेमराज कार्की, न्यायाधीशहरू अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेको इजलासले १० लाख धरौटीमा छोडेको हो।
गच्छदार उपस्थित भएपछि थुनछेक बयान र बहसपछि अदालतले यस्तो आदेश गरेको विशेषका प्रवक्ता पुष्प पाण्डेले जानकारी दिनुभयाे ।
गच्छदारकाे सांसद पद भने अदालतमा भ्रष्टाचार मुद्दा लागेपछि निलम्बनकाे अवस्थामा छ ।
गच्छदार भौतिक निर्माण तथा योजना मन्त्री भएका बेला २०६६ चैत २९ गते बालुवाटारको प्रधानमन्त्री परिसर विस्तार गर्ने र प्रधानमन्त्री निवास परिसरमा रहेको जग्गा नक्कली मोहीलाई सट्टापट्टा दिने निर्णयको प्रस्ताव साे मन्त्रालयबाट गएको थियो। साेही कारण उहाँ विरूद्ध मुद्दा चलेकाे हाे ।

