सार्वजनिक सवारीको भाडादरमा २८ प्रतिशतसम्म वृद्धि

यातायात व्यवस्था विभागले सार्वजनिक सवारीको भाडादरमा भारी वृद्धि गरेको छ। हालकाे भाडादरमा भारी २० देखि २८ प्रतिशतसम्म भाडादर वृद्धि गरिएको हो।

विभागका प्रवक्ता लाेकनाथ भुसालका अनुसार यात्रुबाहक सवारीको भाडा सबैभन्दा बढी २८ प्रतिशतले बढेको छ।

यस्तै, पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीको भाडा २० प्रतिशत वृद्धि गरिएको छ। तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारीको भाडा २६ प्रतिशतले बढाइएको छ ।

सार्वजनिक यातायात सञ्चालनसँग सम्बन्धित लगानी तथा खर्च समबन्धमा विभागले गरेको बजार अध्ययन, विश्लेषण, सरोकारवाला पक्षसँग गरिएको परामर्शका आधारमा भाडा समायोजन गरिएको विभागको दाबी छ।

असार २७ गते यससम्बन्धी प्रस्तावमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सहमति दिएको थियाे । यसअघि इन्धनकाे मुल्य पनि पटक पटक वृद्धि भइरहेकाे छ ।

Facebook Comments