सुपर मादी लगायतका जलविद्युत आयोजनामा बाढीले क्षतिग्रस्त

कास्कीकाे मादी गाउँपालिका १ मा पर्ने निर्माणाधीन सुपरमादी जलविद्युत आयोजनामा बाढीले ठूलाे क्षति पुर्याएकाे छ ।

बाढीले आयोजनाका संरचना र सामग्री बगाउँदा अर्वाैकाे क्षति भएकाे अनुमान गरिएकाे छ । सुपरमादी हाइड्रोका कार्यकारी अध्यक्ष पुष्पज्याेति ढुंगानाका अनुसार आयोजनाको हेडबक्स (बाँध क्षेत्र) र पावर हाउसमा क्षति पुगेकाे छ ।

यसै बर्षकाे चैतसम्ममा निर्माण सम्पन्न हुने लक्ष राखिएकाे ४४ मेगावाट क्षमताको यस आयोजना अव उक्त समयमा सम्पन्न हुन नसक्ने ढुंगानाले उल्लेख गर्नुभयाे ।

बाढीले इलेक्ट्रो मेकानिकल, हाइड्रो मेकानिकल र गिटी, बालुवा, सिमेन्ट, छड लगायतका निर्माण सामग्री बगाएको छ। 

साेही क्षेत्रमा रहेका सिक्लेस हाईड्रो, नामार्जुङ, अपरमादी लगायतमा पनि ठुलो क्षति पुगेकाे छ। साे क्षेत्रमा सडक यातायात र विद्युत सेवा अवरूद्ध भएकाे छ ।

Facebook Comments