थप २ हजार ८२८ मा काेराेना संक्रमण, ५२ जनाकाे मृत्यु
नेपालमा पछिल्लो २४ घण्टामा थप २हजार ८२८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने ५२ जनाकाे मृत्यु भएकाे छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ६८७ जनाको पीसीआर र ४हजार ३३५ जनाको एन्टिजेन गरी १३ हजार २२ जनाको परीक्षण गर्दा २ हजार ८२८ जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ३ हजार ८२ छ । मन्त्रालयका अनुसार नेपालमा हाल कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ६२ हजार ११७ रहेको छ ।
Facebook Comments

