पोखराका मेयर मानबहादुर जिसि अस्पताल भर्ना, काठमाण्डाै लैजाने तयारी
पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसि अस्वस्थ् हुनुभएकाे छ ।
उहाँकाे पोखरा स्थित मणिपाल शिक्षण अस्पतालमा उपचाररत भइरहेकाे छ भने थप उपचारको लागि हेलिकप्टरबाट काठमाडौ न्यूरो लैजाने तयारी भएको छ । स्वास्थ्यकर्मीका अनुसार वहांको अवस्था खतरामुक्त छ । वहाँ सामान्य बोलचाल गर्न सक्ने भएपनि ह्रदयाघातका कारण एक नशा ब्लक भएको देखिएको छ उपचारमा संलग्न चिकित्सकले जनाएका छन् ।
मेयर जिसीका प्रेस संयोजक माधव बरालका अनुसार पोखरा मनिपाल हस्पिटलबाट थप उपचारको लागि अहिले काठमाडौं लैजाने तयारी गरिएकोछ ।
Facebook Comments

