थप २ हजार ६०७ जनामा काेराेना संक्रमण, ३९ जनाकाे मृत्यु

पछिल्लो २४ घण्टामा २ हजार ६ सय ७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हनार ७ सय ११ जनामा भएको पीसीआर परीक्षणमा १ हजार ७ सय ६८ र ४हजार ७ सय ७३ जनामा गरिएको एन्टिजेन परीक्षणमा ८ सय ३९ गरी २ हजार ६ सय ७ जनामा संक्रमण पुष्टि भएको हो ।

कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा ३९ जनाको मृत्यु भएको छ भने २ हजार १ सय ४१ जना संक्रमणमुक्त भएका छन् ।

हाल नेपालमा ६१ हजार ७ सय २५ जना काेराेना संक्रमित रहेका छन् । संक्रमित मध्ये अधिकांश हाेम क्वारेन्टाइनमा रहेका छन् भने सिकिस्त अवस्थामा रहेकाकाे देशका विभिन्न अस्पतालहरूमा उपचार भइरहेकाे छ ।

Facebook Comments