नवलपरासीमा सशस्त्र प्रहरीले गाेली चलाउँदा १ युवककाे मृत्यु

पश्चिम नवलपरासीमा सशस्त्र प्रहरीको गोली लागेर गम्भीर घाइते भएका युवकको मृत्यु भएको छ ।

जिल्लाको प्रतापपुर गाउँपालिका ६ कंगली खोलास्थित सीमामा सुरक्षार्थ खटिएको सशस्त्र प्रहरीले चलाएको गोली लागेर जिल्लाकै प्रतापपुर गाउँपालिका ६ कठहवाँ बस्ने २२ बर्षिय युवा अभिनास राजभरको मृत्यु भएकाे हाे ।

जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी नायब उपरिक्षक राजु लामाका अनुसार गाेली लागेर घाइते राजभरकाे उपचारको क्रममा मृत्यु भएकाे हाे ।

प्रहरीका अनुसार बुधबार विहान साढे ९ बजेको समयमा प्रतापपुर गाउँपापालिका वडा ६ कठहवाँका २ जना युवाहरु भारत जान खोज्दा सीमामा खटिएको शसस्त्र प्रहरीले रोकेको थियो ।

भारत जान नपाएकाे बिषयमा पछि गाउँबाट ५०÷६० जनालाई जुटाई शसस्त्र प्रहरी र अस्थायी पोष्ट माथि ढुंगामुढा गरेका थिए ।

भिड नियन्त्रणका लागि शसस्त्र प्रहरीले भिड तितरबितर गर्न २ राउन्ड हवाई फायर गरेको थियो जसमध्ये एक गोली मृतक राजभरको खुट्टामा लागेको सशस्त्र प्रहरी बल नं. २६ गण हेडक्वार्टरका गणपति सशस्त्र प्रहरी उपरिक्षक महेश अधिकारीले जानकारी दिनुभयाे । 

झडपमा परी सशस्त्र प्रहरीतर्फ पनि ६ जना घाइते छन् । कोभिड–१९ को संक्रमण रोकथामका लागि नेपाल सरकारले सीमा बन्द गरेको छ ।

सीमावर्ति क्षेत्रका केहि स्थानीयले आवतजावतको प्रयास गर्दा सीमामा खटिएकाे सशस्त्रले राेक्दा स्थानीय र प्रहरीवीच विवाद हुने गरेकाे छ ।

Facebook Comments