काेराेनाबाट एकै दिन २४६ काे मृत्यु, थप ८ हजार १७३ मा संक्रमण
कोरोना भाइरस संक्रमणबाट बुधबार मात्रै २ सय ४६ जनाको मृत्यु भएको छ भने पछिल्लो २४ घण्टामा थप ८ हजार १ एक ७३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना संक्रमणबाट एकै दिन मृत्यु हुने यो संख्या अहिलेसम्मकै उच्च हो ।
पीसीआर विधिबाट ८ हजार ६४ र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा १०९ गरी ८ हजार १ सय ७३ जना संक्रमित भेटिएका हुन् ।
त्यस्तै पछिल्लो २४ घण्टामा ७ हजार ९ सय ८९ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् ।
Facebook Comments

