दशैंकाे अन्तिम दिन काेजाग्रत पुर्णिमा मनाइँदै
आज हिन्दुहरूकाे महान चाड दशैंकाे अन्तिम दिन अर्थात् कोजाग्रत पूर्णिमा, आज दशैंको टीका र जमरा लगाउने अन्तिम दिन पनि हो ।
आश्विन शुक्ल दशमी अर्थात् विजयादशमीदेखि सुरु भएको टीका र जमरा लगाउने क्रम आश्विन शुक्ल पूर्णिमा अर्थात् कोजाग्रत पूर्णिमाका दिन समाप्त हुने गर्दछ ।
आज बेलुकी अखिल (सबै) बलिपूर्ति नभएसम्म देवीको प्रसादको रुपमा टीका र जमरा लगाउने गरिन्छ ।
कोजाग्रत पूर्णिमाको अवसरमा आज रातभर जाग्राम बसी धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरेपछि १५ दिन लामो दुर्गा पक्ष अर्थात् हिन्दुहरूकाे महान् पर्व बडादशैं समाप्त हुन्छ ।
अबकाे १५ दिनमा हिन्दुहरूकाे अर्काे ठूलाे चाड तिहार आउँदैछ । तिहार पर्व नेपालमा मात्र नभइ भारतमा समेत धुमधामसित मनाउने गरिन्छ ।
Facebook Comments

