माओवादी केन्द्रले केन्द्रीय सदस्य थप गर्ने
नेकपा (माओवादी केन्द्र)ले केन्द्रीय सदस्यकाे संख्या थप गर्न लागेकाे छ । सर्वोच्च अदालतले गत फागुन २३ गते तत्कालीन एमाले र माओवादी ब्युँताएपछि माओवादी केन्द्र पुनर्गठन गर्नेक्रममा २ सय सदस्यीय केन्द्रीय समिति विस्तार गरी २ सय ९९ जना पुर्याउन लागेको हो।
तत्कालीन नेकपाकाे ४४१ सदस्यीय केन्द्रीय कमिटीमा एमालेबाट २ सय ४१ र माओवादीबाट २ सय जना थिए। एमाले माओवादी ब्युँतिएपछि माओवादीले २ सय ९९ जना केन्द्रीय कमिटी बनाउन लागेको हो।
माओवादीका २ सय केन्द्रीय सदस्य मध्ये १८ जना एमाले प्रवेश गरेका छन् ।
एमाले प्रवेश गरेका हरूकाे ठाउँमा समेत केन्द्रीय कमिटी फुलफिल गर्न लागिएको हो। जसका लागि ६ सदस्यीय कार्यदल बनाएर अध्ययन जारी राखेको छ। जसमा वर्षमान पुन, जनार्दन शर्मा, देवेन्द्र पौडेल, मातृका यादव, गिरिराजमणि पोखरेल र पम्फा भुसाल रहेका छन्।
उक्त कार्यदलले पार्टी विधान र संगठन अवस्थाका विषयमा गृहकार्य गरिरहेको कार्यदल सदस्य एमव् स्थायी समिति सदस्य मातृका यादवले जानकारी दिनुभयाे ।

