दलितलाई कोठा दिन नमानेकाे अभियाेगमा एकजना पक्राउ

दलित भएकै कारण कोठा दिन नमानेको आभियोगमा घरबेटीलाई प्रहरीले पक्राउ गरेको छ ।

सञ्चारकर्मी रुपा सुनारलाई कोठा नदिएको आरोपमा प्रधान थरकी महिलालाई महानगरीय प्रहरी वृत्त सिंहदरबारले पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक रमेश बस्नेतले जानकारी दिनुभयाे ।

दलित भएकै कारण कोठा नदिएको भनी जाहेरी परेपछि अनुसन्धानका लागि पक्राउ गरिएकाे प्रहरीले जनाएकाे छ ।

Facebook Comments