कक्षा १२ को परीक्षा साउन ३१ गतेदेखि हुने

 कक्षा १२ को परीक्षा साउन ३१ गतेदेखि शुरु हुने भएको छ ।

मंगलबार बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलको अध्यक्षतामा बसेको बैठकले साउन ३१ गतेबाट परीक्षा सञ्चालन गर्ने निर्णय गरेको हाे ।

काेराेना संक्रमणका कारण शिक्षण संस्थाहरूमा भाैतिक कक्षा संचालन भएका छैनन् । हाल अनलाइन मार्फत कक्षा सञ्चालन भइरहेकाे छ भने बैशाखमा हुनुपर्ने परीक्षा साउन ३१ बाट गर्न लागिएकाे हाे ।

कक्षा ११ काे परीक्षा भने सम्बन्धित विद्यालयले नै अनलाइनबाट गरेका थिए ।

Facebook Comments