बकर इदका अवसरमा विदा
बकर इद (ईद उज अजहा) को अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ।
सबै सरकारी कार्यालय, निकाय र विदेशस्थित नेपाली नियोगमा बुधबार सार्वजनिक बिदा दिइएको गृह मन्त्रालयका प्रवक्ता जनकराज दाहालले जानकारी दिनुभएकाे छ ।
नेपाल मुश्लिम संघले गृहमन्त्री बालकृष्ण खाँणलाई बकर इदमा बिदा दिन ध्यानाकर्षण गराएको थियो। प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा बसेको मन्त्रिपरिषद बैठकले बकर इदमा सार्वजनिक बिदा दिने निर्णय गरेको थियो।
यसैवीच बकर इदका अवसरमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीका साथै विभिन्न राजनीतिक दलका नेताहरूले शुभकामना सन्देश जारी व्यक्त गरेका छन् ।
Facebook Comments

