वाइसीयलद्वारा संगठन विस्तारमा तीव्रता

वाइसीयलले देशव्यापी संगठन विस्तारमा तीव्रता दिएकाे छ । कास्कीका स्थानीय तहका वडाहरूमा संगठन विस्तारमा तीव्रता दिएकाे हाे ।

पछिल्लाे समय माअाेवादी केन्द्रले पनि संगठन विस्तारमा तीव्रता दिएकाे बेला भातृ संगठनले पनि भेला तथा प्रशिक्षणका साथै कमिटी गठनमा लागेका छन् ।

कास्कीकाे मादी गाउँपालिकाका विभिन्न वडामा वाइसीयलकाे भेला तथा कमिटी गठन भएका छन् । शनिबार मादी गाउँपालिका स्तरीय कमिटी गठन गरिएकाे छ । सागर गुरूङकाे अध्यक्षतामा ४१ सदस्यीय मादी गाउँपालिका कमिटी गठन गरिएकाे वाइसीयल कास्कीले जनाएकाे छ ।

Facebook Comments