थप ५ सय ४५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

नेपालमा पछिल्लो २४ घण्टामा थप ५ सय ४५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थय तथा जनसंख्या मन्त्रालयले जनाए अनुसार ६ हजार ५ सय ८६ पीसीआर परीक्षण गर्दा ४ सय ७० जना र १ हजार ९ सय ६३ जनाको एन्टिजेन परीक्षण गर्दा ७५ जना गरी ५ सय ४५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जनाएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ८ जनाको मृत्यु भएको छ भने ७ सय २६ जना निको भएका छन् ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ११ हजार ३ सय १५ जना रहेका मन्त्रालयले जनाएकाे छ ।

Facebook Comments