थप २ हजार ७१४मा काेराेना संक्रमण पुष्टि, २४ काे मृत्यु

नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ७ सय १४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने २४ जनाकाे मृत्यु भएकाे छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएकाे जानकारी अनुसार ९ हजार १ सय २२ पीसीआर परीक्षणमा १ हनार ८ सय ५५ जना र ३ हजार ७ सय ७ एन्टिजेन परीक्षणमा ८ सय ५९ जना गरी २ हजार ७ सय १४ जनामा संक्रमण पुष्टि भएको हो ।

संक्रमणका कारण २४ जनाको मृत्यु भएको छ भने १ हजार २ सय ८८ जना संक्रमणमुक्त भएका छन् । मन्त्रालयका अनुसार हालसम्म नेपालमा नेपालमा कोरोना संक्रमितको कुल संख्या ६ लाख ७४ हजार ७२६ पुगेको छ ।

त्यस्तै विहीबारसम्ममा जम्मा ९ हजार ६६१ जनाको मृत्यु भएको छ ।

Facebook Comments