थप १ हजार ९२०मा कोरोना संक्रमण, २४ जनाकाे मृत्यु

नेपालमा आइतबार १ हजार ९२० जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १२ हजार ५१६ जनाको नमुना परीक्षण साे संख्यामा संक्रमित थपिएका हुन् ।

९ हजार ४४३ जनाको पिसिआर परीक्षण गर्दा १ हजार ७०२ जनामा र ३  हजार ७३ जनाको एन्टिजेन परीक्षण गर्दा २१८ जनामा पोजेटिभ देखिएको मन्त्रालयले जनाएकाे छ ।

यस अवधिमा २ हजार २४८ जना संक्रमणमुक्त भएका छन् भने थप २४ जनाको कोरोना भाइरसबाट मृत्यु पुष्टि भएको पनि मन्त्रालयले उल्लेख गरेकाे छ ।

थपिएकाे मृतक सहित हालसम्म नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार ५०९ पुगेको छ। 

मन्त्रालयका अनुसार मुलुकभर ३८ हजार ७५१ जना सक्रिय संक्रमित छन्। जसमध्ये हाल देशभर ६८१ जनाको सघन उपचार कक्षमा उपचार भइरहेको छ। तीमध्ये पनि १६९ जना भेन्टिलेटरको सहायतामा उपचाररत छन्। 

Facebook Comments