चितवनमा निजी सवारी साधन चल्ने

चितवनमा निषेधाज्ञा खुकुलो बनाइने भएकाे छ । निषेधाज्ञा खुकुलाे बनाइएसँगै जाेर विजाेर प्रणालीमा निजी सवारी साधन चल्ने भएकाे छ ।

जिल्ला प्रशासन कार्यालयले बुधबार जारी गरेकाे सूचना अनुसार शुक्रबारदेखि जाेर गते जाेर नम्बर प्लेटका र विजाेर गते विजाेर नम्बरप्लेटका निजी सवारी साधन चलाउन पाइनेछ ।

त्यस्तै पस व्यवसाय पनि हप्तामा ३ दिन खुल्नेछन् भने पसलहरु सातामा तीन दिन खुल्न पाउने गरी निषेधाज्ञा थप गरिएको जनाएको छ ।

शुक्रबारदेखि भाँडा, कपडा, फेन्सी, कस्मेटिक तथा गिफ्ट, इलेक्ट्रिकल तथा इलेक्ट्रोनिक्स, सुनचाँदी, फर्निचर, अटोमोबाइल, मोटरपार्टस्, जुत्ता चप्पल, टेलरिङ र प्रेस पसलहरु हप्ताको आइतबार, मंगलबार र बिहीबार दिउँसो १२ बजेदेखि ४ बजेसम्म मात्रै सञ्चालन हुन पाउने प्रशासनकाे सूचनामा उल्लेख छ ।

Facebook Comments