संक्रामक तथा सरुवा रोग अस्पताल लेखनाथलाई अक्सिजन प्लान्ट सहयोग

पोखरा महानगरपालिकाको लेखनाथस्थित आँपुडाडामा रहेको संक्रामक तथा सरुवा रोग अस्पतालमा अक्सिजन प्लान्ट स्थापना हुने भएको छ । पुरी फाउण्डेसन बेल्जिएमको समन्वयमा युरोपबाट अक्सिजन प्लान्ट स्थापना हुो ।

प्लान्ट स्थापनाका लागि फाउण्डेसनका प्रतिनिधी बेदुराम भुसाल सहितको टोली मंगलबार नेपाल आईपुगेको छ । प्लान्टका उपकरण सहित ईन्जिनियरको टोली बुधवार अस्पतालमा आईपुग्नेछन् ।

प्लान्टबाट दैनिक ६ हजार लिटर लिक्वीड अक्सिजन उत्पादन हुने बताईएको छ । गैर आवासीय नेपाली समाज बेल्जियमसमेतका विभिन्न संस्थाहरुको सहयोगमा लगभग दुई करोड मुल्य बराबरको प्लान्ट जडान हुनेछ ।

कोरोना महामारीका बेला साविकको लेखनाथ सामुदायीक अस्पताललाई गण्डकी प्रदेश सरकारको मातहतमा ल्याई संक्रमक तथा सरुवा रोग अस्पतालका रुपमा बिकास गरीएको थियो । हाल अस्पतालमा ७५ शैया रहेका छन् ।

कोरोना कहरका बिचमा अक्सिजनको अभावमा कसैले पनि ज्यान गुमाउन नपरोस भन्ने हेतुका साथ अस्पतालमा प्लान्ट स्थापनाका लागि सहयोग जुटाएको पुरी फाउण्डेसनका प्रमुख कार्यकारी अधिकृत बेदराज पुरीले जानकारी दिनुभयाे ।

अस्पतालका निर्देशक डाक्टर बिकास गौचनले फाउण्डेसनको पहलमा स्थापना हुने अक्सिजन प्लान्टले लेखनाथमा रहेका विरामीको उपचारमा महत्वपुर्ण सहयोग पुग्ने विश्वास ब्यक्त गर्नुभयाे ।

Facebook Comments