कोरोना खोपको माग गर्दै कास्कीमा एलपी ग्याँस आपूर्ति ठप्प

सरकारले खोपको प्राथमिकतामा नराखेको भन्दै कास्कीमा बिहीबारदेखि एलपी ग्याँस आपूर्ति ठप्प हुने भएको छ । अ्रगप्रक्तिमा रहेका विभिन्न क्षेत्रलाई प्राथमिकतामा राखेपछि जनताको दैनिक जीवन यापनसँग प्रत्येक्ष जोडिएको क्षेत्रलाई बेवास्ता गरिएको भन्दै एलपी ग्याँस विक्रेता संघ कास्कीले आपूर्ति नै ठप्प पार्ने भएको हो ।

तिनै तहको सरकारलाई खोपमा प्राथमिकतामा राख्न अनुरोध गरिएको भए पनि बेवास्ता गरिएकाले आपूर्ति नै रोक्नु परेको संघका अध्यक्ष बालकृष्ण कोइरालाले बताउनुभयाे ।

खोपको प्राथमिकतामा राख्न जिल्ला स्वास्थ्य कार्यालय, पोखरा महानगरपालिका, गण्डकी प्रदेश सरकारको ध्यानाकर्षण गराइएको भए पनि उपेक्षा गरिएको संघका अध्यक्ष कोइरालाले जानकारी दिनुभयाे ।

संघले कास्कीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमलाई ज्ञापन पत्र बुझाउँदै खोपको ब्यवस्था नभएसम्म आपूर्ति बन्द गरिने जनाएको छ ।

Facebook Comments