सेनामै कार्यरत साथीले गाेली हान्दा हुद्दा भरत गुरूङकाे मृत्यु

नेपाली सेनाका हुद्दा भरत गुरूङलाई सेनामा नै कार्यरत सिपाही गंगाधर ढकालले गोली हानी मारेको प्रहरीले जनाएको छ।

गुरूङका साथी सिपाही गंगाधर ढकालले नै भरतको गोली हानी हत्या गरेको भेटिएको चितवन प्रहरीले शुक्रबार पत्रकार सम्मेलन गरी जानकारी दिएकाे हाे ।

काठमाडाैंबाट सँगै माेटरसाइकलमा चितवन आएका भरत र गंगाधर २ दिनसम्म हाेटलमा सँगै बसे भरत अध्याधिक मदिरा सेवन गरेकाे र विहीबार विहान गंगाधरले गाेली हानी हत्या गरेकाे प्रारम्भिक अनुसन्धानका क्रममा खुलेकाे समेत प्रहरीले जनाएकाे छ ।

जग्गा पास गर्ने प्रयाेजनका लागि भरतपुर-२१ का गंगाधरलाई गुरूङले विश्वास गरेर बैंकको चेक नै दिएकाे र उक्त चेक साटी रकम व्यक्तिगत प्रयाेग गर्ने लाेभमा साथीकाे हत्या गरेकाे हुनसक्ने प्रहरीकाे अनुमान छ ।

गंगाधर आफैंले भरतको हस्ताक्षर गरी ९ लाख रूपैयाँ निकाली आफ्नो घरमा लगेर ६ लाख श्रीमती र २ लाख बुबालाई राख्न दिएकाे खुलेकाे छ ।

गंगाधरलाई प्रहरीले बिहीबार अपरान्ह भरतपुर–२० चनौलीबाट पक्राउ गरेको हाे । भरतका आफन्तहरूले हत्यामा संलग्न व्यक्तिलाई कडा कारबाही गर्न प्रहरीसमक्ष माग गरेका छन्।

Facebook Comments