१ हजार २३९ काेराेना संक्रमित थपिए
मुलुकभर पछिल्लो २४ घन्टामा १ हजार २ सय ३९ जना कोरोनाभाइरसका संक्रमितहरु थपिएका छन्। स्वासथय तथा जनसंख्या मन्त्रालयले दिएकाे जानकारी अनुसार १५ हजार २४३ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट ९४१ र एन्टिजेन विधिबाट २९८ जना गरी कूल १ हजार २ सय ३९संक्रमित थपिएका हुन्।
मन्त्रालयका अनुसार पछिल्लाे २४ घण्टामा १ हजार ३ सय २४ जना काेराेना संक्रमणमुक्त भएका छन् भने विहीबारमात्रै थप १३ जनाले ज्यान गुमाएका छन्।
नेपालमा हालसम्म कूल ७ लाख ८८ हजार ७ सय ६९ संक्रमित भेटिएका छन् । जसमध्ये ११ हजार ७२ जनाकाे मृत्यु भएकाे छ भने ७ लाख ५६ हजार ९सय ५४ जना संक्रमणमुक्त भएका छन् । हाल सक्रिय संक्रमितकाे संख्या २० हजार ७सय ४३ रहेकाे छ ।
Facebook Comments

