भरतपुर आ.व. ०७८/०७९ काे बजेटः ४ अर्ब ८१ करोड
चितवनको भरतपुर महानगरपालिकाले आर्थिक वर्ष २०७८/०७९ का लागि ४ अर्ब ८१ करोड १२ लाख ६५ हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ ।
महानगरकी उपप्रमुख पार्वती शाह ठकुरीले महानगरको ९ औं नगरसभामा आगामी ४ अर्ब ८१ करोड १२ लाख ६५ हजार रुपैयाँ बराबरको बजेट प्रस्तुत गर्नुभएकाे हाे ।
चालू आर्थिक वर्षमा भरतपुर महानगरकाे बजेट ४ अर्ब १५ करोड ६४ लाख ८९ हजारकाे थियाे ।
बजेटमा आन्तरिक आयतर्फ १ अर्ब २० करोड, अन्तरसरकारी वित्तीय हस्तान्तरणबाट १ अर्ब ७७ करोड २९ लाख ८३ हजार, केन्द्र तथा प्रदेश सरकारको राजश्व बाँडफाँटबाट ४४ करोड ८२ लाख ८२ हजार, जनसहभागिताबाट ३० करोड, मर्मत सम्भार कोष, जिल्ला समन्वय समिति र सडक बोर्डबाट ३–३ करोड आय हुने अनुमान गरिएको छ ।
महानगरले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि महानगरपालिकाले १ करोड ९० लाख विनियोजन गरेको छ । बजेटमा कृषि यन्त्र उपकरण खरिदमा ५० प्रतिशत अनुदान, साना सिंचाइमा अनुदान, कृषि बिमा लगायतका कार्यक्रम समावेश गरिएकाे छ ।

