पाेखरा महानगरकाे बजेटः ६ अर्ब २७ कराेड
पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि ६ अर्ब २७ करोड ७५ लाख रुपैयाँको बजेट सार्वजनिक गरेकाे छ ।
महानगरकी उपप्रमुख मञ्जुदेवी गुरुङले बिहीबार पोखरा उपमहानगरपालिकाको नगरसभामा बजेट सार्वजनिक गर्नुभएकाे हाे । बजेटमा चालुतर्फ २ अर्ब ९० करोड ९४ लाख र पूँजीगतर्फ ३ अर्ब ३६ करोड ८० लाख रुपैयाँ विनियोजन गरिएको छ ।
महानगरपालिकाले संघीय सरकारको वित्तीय हस्तान्तरणबाट २ अर्ब ५६ करोड, प्रदेश सरकारको वित्तीय हस्तान्तरणबाट ९ करोड, संघीय राजश्व बाँडफाँडबाट ३१ करोड २१ लाख र प्रदेश सरकारको राजश्व बाँडफाँडबाट ६ करोड १८ लाख प्राप्त हुने र आन्तरिक तर्फ २ अर्ब २२ करोड रुपैयाँ आय हुने अनुमान गरिएकाे छ ।
चालु आ.व.मा पाेखरा महानगरकाे बजेट ५ अर्ब ३४ करोड ७१ लाख रहेको छ ।
Facebook Comments

