एसओएस व्यवसायीक तालिम केन्द्रमा अन्तरक्रिया

पोखरा महानगरपालिका वडा नं. १७ छोरेपाटनमा रहेको एसओएस व्यावसायीक तामिल केन्द्रमा सीप मुलक तालिम प्रदायक संघसंस्था तथा पोखराका प्रतिष्ठित अटो व्यवासायीका विच अन्र्तक्रिया सम्पन्न भएको छ ।

कार्यक्रममा व्यावयायीक तालिम प्रदान गर्ने सरकारी निकायहरु गण्डकी प्रावधिक शिक्षा तथा व्यावसायिक तालिम प्रतिष्ठानका कार्यकारी निर्देशक डा. सोमनाथ सापकोटा, उपसचिव मोतीलाल शर्मा, प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद गण्डकीका प्रमुख प्रमोदभक्त आचार्य, पोखरा प्राविधिक शिक्षालय, फुलबारीका प्रमुख हर्कलाल श्रेष्ठ, एसओएस बालग्राम गण्डकीका योजना निर्देशक भगत कुमार श्रेष्ठ सरकारले दक्ष नागरिक उत्पादनको लालि सीप सिकाउन विभिन्न कार्यक्रमहरु ल्याईरहेको वताउनुभएकाे थियाे ।

साथै कार्यक्रमका अटो व्यवसायीहरु भिएडब्लुका व्यवस्थापक सरोज श्रेष्ठ, वतास व्रदर्शका व्यवस्थापक सन्तोष पोखरेल, टिटि इन्टरनेशनलका प्रमुख ध्रुवराज सुवेदि÷राजु कुमार श्रेष्ठ, हिरो शोरुमका प्रमुख दिपक नेपाली र इच्छाशक्ति अटोमोवाईलका प्रमुख भगवान विजुक्छे, वजाज शोरुमका इञ्जिनियर प्रकाश बाबु श्रेष्ठ, व्यवसायी अटोवेजका प्रमुख नारायण प्रसाद पौडेल लगायतले तालिम केन्द्रको अवलोकन गर्नुका साथै प्रशिक्षार्थीहरु संग अन्तरक्रिया गर्नुभएकाे थियाे ।

एसओएस व्यावसायीक तालिम केन्द्रमा स्थापनाकाल देखि नै प्रशिक्षण दिदैं आएका सिनियर प्रशिक्षक मोहन केसी.ले तालिम केन्द्र स्थापनाकालमा टिबेटियन नागरिकहरुलाई मात्रै विभिन्न सिप मुलक तालिम प्रदान गर्दै आएको भएता पनि केहि वर्ष देखि सबैको लागि खुल्ला गरिएको वताएउनुभयाे ।

एसओएस चिल्ड्रेन्स भिलेज पोखराका प्रमुख लोप्शंग ग्याल्छेनको अध्यक्षतामा भएको कार्यक्रममा एसओएस व्यावसायिक तालिम केन्द्र पोखराका प्रमुख थुप्तेन श्यामफेल, एसओएस बालग्राम गण्डकीका योजना निर्देशक प्रदिपभक्त आचार्यले स्वागत र संचालन तालिम केन्द्रका सम्पर्क अधिकृत शिवप्रसाद लामिछानेले गर्नुभएकाे थियाे ।

Facebook Comments